डीपीएल अपडेट : महेन्द्रनगरको पहिलो जित

फाल्गुन ५, २०७५
डीपीएल अपडेट : महेन्द्रनगरको पहिलो जित

- कान्तिपुर संवाददाता

महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ र महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।


अत्तरियाले टस जितेर मैदान भिजेका कारण ६/६ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाई ५४ रन बनाएकोमा महेन्द्रनगर युनाइटेडले २ बल अगाडि लक्ष्य पुरा गरेको हो ।


महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर ५ र मोहम्मद नाभेद ६ रनमा आउट भए । आरिफ शेख १५ र कुशल मल्ल ६ रनमा अविजित रहे ।


बलिङतर्फ अत्तरियाका भुवन कार्कीले २ तथा दीपेन्द्र रावत १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाका विदेशी खेलाडी सन्नी पटेलले ११ बलमा १९, जयकसिन कोल्सावालाले ६ बलमा ७, कप्तान दीपेन्द्रसिंह ऐरीले ७ बलमा १० रन बनाए ।


महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषावकरले १ विकेट लिए । अहिले दोस्रो इनिङ्सको खेल भइरहेको छ ।


धनगढीस्थित फाप्ला क्रिकेट मैदान ओसिलो भएपछि खेल केही ढिला भएको थियो । सीवाइससी अत्तरियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।