डीपीएल अपडेटः रुपन्देहीसँगको फराकिलो विजयपछि काठमाडौं क्वालिफायर्समा

फाल्गुन ५, २०७५
डीपीएल अपडेटः रुपन्देहीसँगको फराकिलो विजयपछि काठमाडौं क्वालिफायर्समा

- कान्तिपुर संवाददाता


जवाफमा आएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अल आउट भयो । नन्दन यादव ३. ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी र सूर्य तामाङले २/२ तथा अंकित दबास र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।

 

सुमित महर्जनले बनाएको ५ रन नै रुपन्देहीका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो । टोलीले ७ रन अतिरक्तबाट पाएको थियो । प्रदीप ऐरी ४ तथा सन्दीप सुनार, बाबर हायत, पुनित मेहेरा र बिक्रम सोब समान ३ रनमा आउट भए । 

 

विनोद भण्डारीले १ रन मात्रै बनाए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । रुपन्देहीले खेलेको ४ खेलमध्ये तीन खेल जितेको छ । विराटनगर किंग्ससँगको अघिल्लो दिनको खेल वर्षाले रद्द भएको थियो । 

 

यसअघि काठमाडौंको तर्फबाट अंकित दबासले सर्वाधिक ४३ रन बनाए । गौरव तोमार ८ अनिलकुमार साह २३, कप्तान ज्ञानेन्द्र मल्ल १२, मोहम्मद आलाम ११, योगेन्द्रसिंह कार्की १३ रनमा आउट भए । 


 

विक्रम भुसालले कुनै रन जोड्न सकेनन् । रसिद खान १४ र नन्दन यादव शुन्य रनमा अविजित रहे । 

 

रुपन्देहीका ललित भण्डारी, अनिल खरेल र पुनित मेहेराले २/२ विकेट लिए ।

 


 


रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत आइतबारको दोस्रो दिनको खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १३४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो ।


काठमाडौंको तर्फबाट अंकित दबासले सर्वाधिक ४३ रन बनाए । गौरव तोमार ८ अनिलकुमार साह २३ कप्तान ज्ञानेन्द्र मल्ल १२ मोहम्मद आलाम ११ योगेन्द्रसिंह कार्की १३ रनमा आउट भए ।


विक्रम भुसालले कुनै रन जोड्न सकेनन् । रसिद खान १४ र नन्दन यादव शुन्य रनमा अविजित रहे ।


रुपन्देहीका ललित भण्डारी, अनिल खरेल र पुनित मेहेराले २/२ विकेट लिए ।