डीपीएल अपडेट : अत्तरिया र महेन्द्रनगर प्ले अफमा

फाल्गुन ६, २०७५
डीपीएल अपडेट : अत्तरिया र महेन्द्रनगर प्ले अफमा

- कान्तिपुर संवाददाता

सीवाइसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा तेस्रो विजय हात पार्दै प्ले अफमा पुगेको छ । विराटनगरको पराजयपछि टोली बाहिरिँदै महेन्द्रनगर युनाइटेड प्ले अफमा पुगेको छ ।


डीपीएल- ३ अन्तर्गत सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । 

 

जवाफी ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो । 

 

विराटनगरको तर्फबाट सर्वाधिक धेरै रन आसिफ शेखले बनाए । उनले ३४ बलमा ३९ रन बनाए । 

 

त्यस्तै असद उल्लाह खान पठान १३ हरिशंकर साह ७ पृथु बाँस्कोटा २७ अविनाश यादव १४ कप्तान करण केसी १२ र कुशल भूर्तेल ३ रनमा आउट भए । 

 

राजेश पुलामी मगर शुन्यमा आउट भए भने किशोर महतो र सम्साद शेख अविजित रहे । उनीहरुले क्रमशः ८ र ७ रन बनाए । 

 

बलिङतर्फ अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले ३/३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । 

 

यसअघि सीवाइसी अत्तरियाले जयकिसन कोल्सावालाको ५१ र सन्नी पटेलको ६१ रनको अविजित इनिङ्सपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाई १४८ रन बनाएको थियो । जारी प्रतियोगिताकै यो उच्च स्कोर थियो ।

 

यी दुईले अन्तिम ५ ओभरमा मात्र ६० रन जोडेका थिए । अन्तिम ओभरमा किशोर महतोलाई २ छक्का र ३ चौका गरी २४  रन प्रहार गरेका सन्नीले ३१ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । 

 

जयकिशनले ५० बलको इनिङ्समा ४ चौका र २ छक्का प्रहा गरे । जितेन्द्रसिंह ठकुरी १३, सन्दीप जोरा ३ र कप्ता दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए । 

 

विराटनगरका सुशन भारी र सम्साद शेखले १/ विकेट लिए ।